दोस्रो नेपाल अक्वाटिक्स प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पौडी संघको आयोजनामा ललितपुरको सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी पोखरीमा प्रतियोगिता सम्पन्न भएको हो । २ दिनसम्म चलेको प्रतियोगितामा जम्मा ५३ वटा इभेन्ट्मा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कुल १२१९ अंकका साथ निसर्ग बाटिका स्कुल पहिलो स्थान र ११८१ अंकका साथ नेपाल पुलिस क्लब दोस्रो स्थानमा रहे । पहिलो पल्ट राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा सहभागिता जनाएको सगरमाथा स्विम क्लब ७४९ अंकका साथ तेस्रो भयो । 

null

प्रतियोगितापश्चात् नेपाल पौडी संघले निकालेको प्रमुख ५ खेलाडीमा पुरुषतर्फ नेपाल पुलिस क्लबका इर्भिन श्रेस्ठ, एपीएफका अजल काजी ताम्राकार, नेपाल पुलिस क्लबकै अनुभव सुब्बा र सगरमाथा स्विम क्लबका एल्भिन महर्जन र सेरेन सिंह रहेका छन् । महिलातर्फ, प्रमुख ५ खेलाडीमा त्रिभुवन आर्मी क्लबकी डुवाना लामा, एपीएफकी आर्या महर्जन, नेपाल पुलिस क्लबकी देवान्सी जोशी, एपीएफकी अदिप्सा वैद्य र नेपाल पुलिस क्लबकी टिसा महर्जन रहेका छन् । प्रतियोगितामा विभिन्न संघ, संस्था एवम् विद्यालयको प्रतिनिधित्व गर्दै नेपालभरिका कुल ३०१  खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Author

sagarmathaswimclub@gmail.com

Related Posts

Sagarmatha Swimming Club Wins Second Nepalgunj National Swimming Championship 2025

Sagarmatha Swimming Club of Lalitpur clinched the title of the Second Nepalgunj National Swimming Championship 2025 with 272 points. Organized by Nepalgunj...

Read out all